नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी

जाजरकोट। नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गनुभएको हो । यस्तै नेकपा एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गर्नुभएको छ । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : ३८ बजे