धनकुटाको दुई वडामा एमालेका उम्मेदवार विजयी

धनकुटा – धनकुटा नगरपालिका वडा-१ मा एमालेका उमेदवार वाङ्दा तामाङ १ हजार १६३ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्दी अमित लो तामाङले ९२६ प्राप्त गरे। धनकुटा नगरमा वडा-१ र २ वडाको गणना सकिएको छ। दुवैमा एमालेको जीत भएको छ।

यस्तै पछिल्लो मतपरिणाम अनुसार हालसम्म धनकुटा नगरपालिकामा एमालेबाट मेयरका उमेदवार चिन्तन तामाङको अग्रता कायमै छ। उहाँले हालसम्म २६ सय ४० मत प्राप्त गरेका छन् । कांग्रेसका उमेदवार दिनेश राईले १७ सय ६९ मत सहित पछ्याइरहेका छन् ।

यसैगरी धनकुटा वडा-२ मा नेकपा एमालेका चन्द्रलाल तामाङसहित प्यानल विजयी । उहाँले कांग्रेसका उमेदवारलाई पराजित गरेका हुन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : १८ बजे