सूर्यविनायक नगरपालिकामा एमालेको खाता खुल्यो

भक्तपुर – सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट नेकपा एमालेले आफ्नो खाता खोलेको छ ।

नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले ११३० मत ल्याएका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित भएका थिए ।

सिरुटारमा एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्यमा मंजु कार्की, दलित महिला सदस्यमा कल्पना कार्की, खुल्ला वडा सदस्यमा कुमार प्रसाद चौलागाईले विजय हासिल गरेका छन् । खुल्ला वडा सदस्य जोर चिन्हमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

प्रारम्भिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका निसान ढुङ्गेल अगाडी छन् भने उपमेयरमा नेकपा एमालेका उम्मेदवार सरिता तिम्सिना भट्टराई अगाडी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : ४४ बजे