कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता

ललितपुर । कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ ।

तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले ९७५ मत प्राप्त गर्नुभएको छ ।  उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार २०१ र नेकपा एमालेकी रणिता तामाङले एक हजार ६४ मत पाउनुभएको छ । 

हालसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं १ चौघरे अध्यक्षमा माओवादीका सन्तलाल तामाङ र वडा नं २ मा एमालेका रोहन लामा विजयी हुनुभएको छ । हाल वडा नं ३ दलचोकीको गणना सुरु भएको छ । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : ०५ बजे