रोशी गाउँपालिका– १ मा एमालेका श्रीदास लामाको प्यानल नै विजयी

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष श्रीदास लामाको प्यानल नै विजयी भएको छ ।

लामाले ६६३ मत ल्याइ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मङ्गल सिंह तामाङले ५१९ मत ल्याउनुभयो । 

त्यस्तै, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नेकपा एमालेले अग्रता लिएको छ ।  वडा नम्बर १ को मत गणना सम्पन्न हुँदा  अध्यक्षमा एमालेका उम्मेदवार देव सागर लामाले एमालेले ६६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दिनेश लामाले ५२९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा पनि एमाले कै उम्मेदवार बबिता बोहोराले ७२४ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मिम बहादुर लामा (ज्वाला)ले २६९ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ३२ बजे