ललितपुर- १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर।  ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गर्नुभएको छ । नगर प्रमुखमा  कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ । 

कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाउनुभएको छ । महानगरपालिकामा २९ वडा रहेका छन्  । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३६ बजे