बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चैनपुर । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।  

अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याउनुभएको छ  । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याउनुभयो ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याउनुभयो ।

वडा तर्फ १ मा  एमालेका नरेन्द्र धामी प्यानलसहित विजयी हुनुभएको छ  । वडा नम्बर २ मा गठबन्धनबाट काँग्रेसका हरिलाल बोहरा विजयी हुनुभएको छ । वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ । वडा नम्बर ४ मा गठबन्धनबाट काँग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३४ बजे