सल्यानका २१ वडाको मतगणना :  काँग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

सल्यान । सल्यानका ८३ वडामध्ये  २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्न भएका २१ वडामध्ये काँग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ ।

कांग्रेसः  शारदा नगरपालिका–१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी वडाध्यक्षमा विजयी हुनुभएको छ ।

त्यस्तै, बागचौर नगरपालिका–१२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे–१ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी–१ मा प्रकाश हमाल, त्रिवेणी-१ मा दलबहादुर बस्नेत र कुमाख–२ मा ईश्वरी शाही वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्र : कुमाख–१ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा–१ मा टंक ओली, सिद्ध कुमाख–१ मा रमेश चलाउने, छत्रेश्वरी–२ मा प्रेम नेपाली र कपुरकोट–१ मा बालाराम खड्का वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

एमाले: कालीमाटी–४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी–२ मा हस्त बहादुर राम्जा र कपुरकोट–२ मा ईश्वरी बुढा वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

 

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ०८ बजे