बारामा काँग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

कलैया । निजगढ नगरपालिका वडा नं १३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् । 

काँग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई  वडाध्यक्ष पदमा विजयी हुनुभएको हो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँ सोही पदमा निर्वाचित हुनुभएको थियो । 

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि काँग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा (एमाले) र प्रसौनी गाउँपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । 

त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् । 

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : १३ बजे