लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ मा एमालेको प्यानलै विजयी

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका(१ मा एमालेको प्यानलै विजयी भएको छ । 

एमालेका उम्मेदवार रुद्रमान गुरुङ ४ सय २२ मत ल्याइ विजयी हुनुभएको हो ।  उहाँ यसअघि पनि वडाध्यक्ष हुनहुन्थ्यो ।

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याउनुभयो । माओवादी गठबन्धनसहित चुनावमा होमिएको थियो ।

एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङ ३९५ मत, दलित महिला सदस्यमा गङ्गामाया विक ३८५ मत, खुला सदस्यमा निर्मलजंग गुरुङ ३९ मत र हेमजंग गुरुङ ३८८ मतसहित विजयी हुनुभएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ४५ बजे