काठमाडौँ महानगरमा बालेन शाहको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १५ सय ७५ मत पाउनुभएको छ । 

उहाँलाई नेकपा एमालेका केशव स्थापितले ९ सय ८५ मतसहित पछ्याइरहनुभएको छ । नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत पाउनुभएको छ । 

मतगणना जारी छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : १५ बजे