रोल्पाको एक स्थानीय तहको वडामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं। २ मा नेपाली काँग्रेसका देउचन घर्ती मगर र नेकपा (माओवादी केन्द्र) का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो । 

दुवै उम्मेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा (माओवादी केन्द्र) का प्रकाश डाँगी विजयी भएका छन् ।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली काँग्रेसले जितेको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ०८ बजे