विराटनगर महानगरपालिकामा कांग्रेस उम्मेदवारको अग्रता

विराटनगर- विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवारले अग्रता लिएका छन् । ७०० सयभन्दा बढी मतगणना गर्दा प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले २६९ मत प्राप्त गरेका छन् ।

प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार सागर थापाले १८१ मत पाएका छन् । जसपाका उमेश यादवले ७० मत ल्याएका छन् ।

उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले २२६ र जसपाका अमरेन्द्र यादवले १५२ मत पाएका छन् ।

अहिले विराटनगर महानगरपालिकाका वडा नं १, २, १६ , १७, १८ र १९ को गणना भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : १९ बजे