त्रिपुरासुन्दरी नगरपालिका१ मा एमालेको प्यानल नै विजयी

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । 

मतगणनाको परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय हुनुभएको छ । 

नगरपालिकाका प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री पहाडीले १७२, प्रमुखमा एमालेका जनचन्द्र रोकाय १४५ उपप्रमुख देवी घर्ती  १७४ र माओवादी केन्द्रका प्रमुख दिलबहादुर विष्ट ३६५ उप निरु चलाउने २०० मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ३१ बजे