सुर्खेतको पञ्चपुरी १ मा एमालेको प्यानल नै विजयी, पालिका प्रमुखमा कांग्रेसको अग्रता

सुर्खेत । पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । 

पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । 

थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत प्राप्त गर्नुभयो ।

यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत पाउनुभएको छ।  

नगरपालिका प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । १४ सय मत गणना हुँदा कांग्रेसका लालबहादुर भण्डारीले पाँच सय ५८ मतका साथ अग्रता लिनुभएको छ। भण्डारीलाई एमालेका धनबहादुर थापाले पाँच सय १५ मत पाउनुभएको छ । 

उपप्रमुखमा पनि कांग्रेसकी मुक्तिदेवी रेग्मीले पाँच सय ६० मतका साथ अग्रता लिनुभएको छ । एमालेकी दुर्गाकुमारी जैसीले चार सय ९९ मत पाउनुभएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : २५ बजे