रसुवाको आमाछोदिङमो–१ मा एमालेको प्यानल नै विजयी

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ को मत परिणाम सार्वजनिक भएको छ । 

सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङ्लामा तामाङले २ सय ९० मत ल्याएर विजयी हुनुभयो।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याउनुभयो भने नेपाली काँग्रेसका देवी तामाङले २४१ मत ल्याउनुभयो ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यस पटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ०३ बजे