सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेले अग्रता

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

नगर प्रमुखका एमालेले अग्रता लिएको छ भने कांग्रेस पछि पछि आएको छ । हाल ६०० मतगणना हुँदा एमालेका उम्मेदवार धनबहादुर थापाले ३१७ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका लालवीर भण्डारीले २११ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा एमालेकी दुर्गाकुमारी जैसीले ३०० मत र काङ्ग्रेसकी मुक्तिदेवी रेग्मीले २२६ मत प्राप्त गर्नुभएको छ  । हाल पञ्चपुरी नगरपालिका–१ को मतगणना भइरहेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ४१ बजे