गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी 

काठमाडौं – मनाङको चामे गाउँपालिकाको वडा नं. ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन् । 

निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो । 

गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : २८ बजे