मनाङको चामेबाट एमालेको विजय यात्रा सुरु

मनाङ – मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले विजयी हुनुभएको छ ।

उहाँ ३२० महितसहित विजयी हुनुभएको हो । घलेका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभएको छ

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : १७ बजे