मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु 

पोखरा – स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । 

३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । 

हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ३४ बजे