साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शालनालसहित नवजात शिशुको शव फेला

मकवानपुर – मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । 

थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ३ : ५८ बजे