आज स्थानीय तह निर्वाचन

काठमाडौं – आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । 

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् । 

देशभर १० हजार ७५६ मतदानस्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । 

निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ । 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ०३ बजे