प्रचण्डकी छोरीद्वारा आचार संहिता उल्लङ्घन, निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – प्रचण्डलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको केही दिन बित्न नपाउँदै छोरी गंगा दाहाललाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । यसले गर्दा प्रचण्ड परिवार नै आचार संहिता उल्लंघनमा लागेको स्पष्ट भएको छ । गंगा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उमेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरेको र उक्त कार्यले आचारसंहिताको उल्लंघन भएको आयोगको बुझाइ छ ।

केही दिन अघि प्रचण्डलाई पनि आयोगले स्पष्टिकरण सोधेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ४ : ३३ बजे