एमाले कार्यकर्ताको ज्यान मार्ने उदेश्यका साथ कांग्रेस कार्यकर्ताद्वारा खुकुरी प्रहार

काठमाडौँ – हेलम्बु गाउँपालिका ३ पाल चोकमा गए राति नेकपा एमाले हेलम्बु गाउँपालिका कमिटी सदस्य फिँजो तामाङ माथि नेपाली कांग्रेस पाल चोकका कार्यकर्ताद्वारा ज्यान मार्ने उद्देश्यका साथ खुकुरी प्रहार गरेका छन्  ।

काङ्ग्रेस महासमिति सदस्य हेलम्बु ३ का निवर्तमान वडा अध्यक्ष तथा आसन्न निर्वाचनको वडा अध्यक्षका उम्मेदवार छिरिङ लामाको नेतृत्वमा ८/९ जनाको अराजक समूहले नेकपा एमालेका नेता तथा आसन्न निर्वाचनमा वडा सदस्य उम्मेदवार बुद्धलाल तामाङको घरमा पार्टीको आन्तरिक छलफल चलिरहेको रहेको अवस्थामा बेलुका ११ बजे तिर एक्कासि प्रवेश गरी खुकुरी प्रहार गरेका हुन् ।

कांग्रेस कार्यकर्ताले एक्कासि आक्रमण गरे पछि दोहोरो झडप हुँदा कांग्रेसका कार्यकर्ता समेत घाइते भएका थिए । घटना लगत्तै स्थानीयले  प्रहरीलाई खबर गरेका थिए ।

कांग्रेस कार्यकर्ताले घटना घटाइ भाग्ने क्रममा प्रयोग गरेका बा प ०२७ च ५६नम्बरको इसुजु डबल क्याब गाडी इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  २ : १८ बजे