एमाले उम्मेदवार माथि कांग्रेस कार्यकर्ताको साङ्घातिक हमला

भक्तपुर । नेकपा एमालेको तर्फबाट सूर्य विनायक नगरपालिका वडा न. ५ वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशीले नेपाली काङ्ग्रेसले झुटो आरोप लगाउँदै आक्रमण गरेको बताए । 

नेकपा एमाले सबै खाले निर्वाचनलाई अत्यन्त शान्तिपूर्ण र सौहार्दपूर्ण तबले सफल बनाउन प्रतिबद्ध छ । निर्वाचन आचारसंहिताको पूर्ण पालन गर्न र गराउन प्रतिबद्ध छ ।

  जोशीले  भने" हामी वैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार गरिरहेका हाम्रो पार्टीका सदस्य सुजन त्वायनालाई भेटघाट गर्न जादै थियौँ । " जाने क्रममा गुन्डा शैलीमा ३/४ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताहरूले अपशब्द प्रयोग गरी थप व्यक्तिहरू र प्रहरीलाई बोलाई गाडी खानतलासी गरेको उनले बताए ।

सो क्रममा केही नभेटिएको र त्यस विषयमा छलफल हर्दै गर्दा स्थानीय एक अराजक व्यक्ति नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको भाइ पर्ने प्रदीप थापा (बटे) भन्नेले निवर्तमान न.स.स एवं हाल न.स.स पदका उम्मेदवार मनोज थापालाई साङ्घातिक हमला गरेको जोशीको भनाई छ । 

 एमालेका वडा कमिटीका अध्यक्ष मधु थापाले जारी गरेको  विज्ञप्तिमा उक्त कार्यको घोर भर्त्सना गर्दै यस्ता गलत क्रियाकलाप र कु-प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारिएको छ ।  भ्रमपूर्ण समाचार प्रकाशित नगर्न समेत सबै सञ्चार माध्यममा अनुरोध गरिएको छ । 

 वडा बासी जनसमुदायहरूलाई कुनै भ्रममा नपर्न हामी हार्दिक अपिल गर्दछौँ, वडा कमिटीका अध्यक्ष थापाले भने ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १ : ५० बजे