एमाले कार्यकर्ताको हत्या

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका स्थित खोक्लिङमा नेकपा एमालेका कार्यकर्ता बिमल कार्कीको हत्या भएको छ ।

दुर्गम यस ठाउँबाट मतदान केन्द्र आउदै गर्दा कार्कीको हत्या गरेको एमालेका सचिव एवं ताप्लेजुङका साँसद योगेश भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार कार्कीलाई बीच बाटोबाट अपरहण गरी क्रुर यातना दिएर हत्या गरिएको हो । हत्या कसले गरेको भनेर आशंका गरिए पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

भट्टराईले हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । उहाँले एउटा घटनाबाट बिचलित नभइ आफ्नो विवेकलाई प्रयोग गरी मतदानमा सहभागी हुन सबै मतदातालाई आह्वान पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १२ : ४२ बजे