मतदान गर्न गाउँ जानेको भीड (फोटोफिचर)

भक्तपुर । भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कर्म थलो राजधानी छोडेर आफ्नो जन्मथलोमा जानेहरूको सङ्ख्या  बढेको छ ।

काठमाडौँ उपत्यका भित्रने प्रमुख नाका सूर्य विनायक हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका जाने यात्रुको सङ्ख्या ह्वात्तै बढेको हो ।

मतदानका लागि  घर फर्कनेको दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको सङ्ख्या बढेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम हुन थालेको छ ।

तस्बिर: आशिष पौडेल

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : १२ बजे