धनगढीबाट बाजुराका लागि छुटेको बस डोटीमा दुर्घटना, कम्तीमा २५ जना घाइते

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएको छ । कम्तीमा २५ जना घाइते भएको र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको सूचना अधिकारी भट्टले बताउनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : ४६ बजे