आरजु देउवालाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । कांग्रेसकी नेतृ आरजु राणा देउवालाई निर्वाचन आयोगले मंगलबार स्पष्टीकरण सोधेको छ ।  
आयोगले उनले चुनावी सभाहरुमा दिएको अभिव्यक्तिबारे  उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।   

मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।  

संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय संञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सकारबीच राजश्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारणको व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै आयोगले बोलेको विषय संविधान सम्मत छ कि छैन भनेर प्रश्न गरेको छ । 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ५५ बजे