जनकपुरधाम । स्थानीय तह निर्वाचनको मौन अवधिका क्रममा मतदातालाई पैसा बाँडेको आरोपमा सिराहामा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ परेका प्रेमकुमार लामा सत्तारुढ नेकपा माओवादीका कार्यकर्ता हुन् । पैसा बाँडिरहेको अवस्थामा स्थानीयले उनलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए । उनको साथबाट नौ हजार रुपैयाँ बरामद भएको छ ।
प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार २ : ४२ बजे
प्रतिक्रिया