भोट हाल्न जानेको भिड (फोटोफिचर)

भक्तपुर – स्थानीय तहको निर्वाचन नजिकिए सँगै राजधानी छोडेर आफ्नो  जन्मथलोमा जानेहरुको संख्या ह्वात्तै बढेको छ । 

भक्तपुरको सूर्यविनायक चोकमा विहान देखी उपत्यका छोड्नेहरुको भिड बढेसँगै सडकमा सवारीसाधनको लामो ट्राफिक जाम समेत लागेको थियो । 

सार्वजनिक गाडीमा यात्रुहरुलाई सिट पाउन समेत मुस्किल परेको छ । केही व्यक्तिहरु आफ्नै निजी गाडीमा गएका छन् भने केही गाडी रिजर्भ लिएर आफ्नो गन्तब्य तर्फ जाँदै छन् । 

काठमाडौँ पस्ने प्रमुख नाकको रुपमा रहेको सूर्यविनायक चोकबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका गाडीहरु खुलेका थिए ।

​​​​​​​

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ०८ बजे