गोरखामा सर्वदलीय बैठकबाट काँग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

​​​​​गोरखा । गोरखामा सर्वदलीय बैठकबाटै काँग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । 

आज बिहान करिब ११ः०० बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

“निर्वाचन अधिकृतको कार्यालयका सर्वदलीय बैठक बोलाइएको रहे छ । बैठकमा काँग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ । उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ” श्रेष्ठले भन्नुभयो  ।

घटनाबारे थप अनुसन्धान गर्नका लागि आफू घटनास्थलतर्फ गइरहेको श्रेष्ठले बताउनुभयो । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ०० बजे