हनुमान ढोकाको दसैँघरमा फूलपाती

दमकको गठबन्धन थप संकटमा

दमक – आज चुनावी आमसभा गर्ने अन्तिम दिन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक लगायतका झापाका पाँच स्थानमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।

राप्रपा सहितको गठबन्धनले हिजो अर्थात बैशाख २६ गते दमकमा चुनावी सभा गर्ने तयारी गरेको थियो । तर एमालेसँग जुधाएर आजै गर्ने गरी पूर्वपश्चिम राजमार्गको गोरखा डिपार्टमेन्ट अगाडी कार्यक्रम स्थल तय ग¥यो । त्यती मात्र होइन कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रमुख अतिथीका रुपमा बोलाइयो । नबोलाउनु पनि कसरी ? राप्रपाका प्रदेश नं १ का अध्यक्ष राम थापा मेयर पदमा उठ्नु भएको छ । त्यसैले राजेन्द्र लिङदेन आउने कुरामा कुनै शंका थिएन । तर कार्यक्रम सुरु हुने बेलासम्म पनि लिङदेनलाई कुर्दा पनि उहाँ नआएपछि काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा,माओवादी नेता राम कार्कीको उपस्थितीमा कार्यक्रम अघि बढ्यो ।

एमाले अध्यक्ष ओलीको गृह नगरमा आफ्ना उम्मेद्वार थापालाई जिताउन राजेन्द्र लिङदेन आउन चाहनु भएको थियो तर थापाको द्वैध चरित्रले लिङदेन दमक नआएको राप्रपाकै नेताहरु बताउछन् । नेताहरुका अनुसार राम थापा अहिले राप्रपाबाट उम्मेद्वार बन्नुभएको छ तर चुनाव जित्ने स्थिती आएमा उहाँ कमल थापा राप्रपामा प्रवेश गर्ने हल्ला व्यापक छ । हल्ला मत्र होइन राम थापा र कमल थापा पुराना हैतैसी हुन् । ‘लिङदेन राप्रपाको नेतृत्व दमकमा भीम पौडेलले गर्ने हो । राम थापा चुनावी प्रयोजनका लागि मात्र राप्रपामा अडिनु भएको हो’ दमक राप्रपाका एक नेता भन्छन् ‘यी सबै कुराको एकमुस्ट जवाफ आज राजेन्द्र लिङदेन दमक नआएर दिनुभयो ।’

आज राजेन्द्र लिङदेन कहाँ कहाँ जानुभयो भनेर पार्टी कार्यलयमा बुझ््दा दमकको छिमेकी नगरपलिका गौरादह र गौरीगञ्ज गाउँपालिकाका कार्यक्रममा व्यस्त हुनुभयो । तर दमक आउने फुर्सद पाउनु भएन ।

एमालेलाई हराउन भनेर सत्ता गठबन्धनले राजावादी नेता राम थापालाई मेयरको उम्मेद्वार बनाए पनि उनकै केन्द्रीय अध्यक्ष लिङदेन नआएपछि काँग्रेस महामन्त्री शर्मा र माओवादी नेता कार्की नै राजावादीसँग गठबन्धनमा परेर आफूहरुलाई बिटुलो बनाएको भन्दै दमकबाट फर्किनुभएको छ ।

लिङदेन किन नआउनु भएको भनेर हामीले राप्रपाका एक नेतालाई सोधेका थियौं । ‘सत्ताधारी गठबन्धनसँग राप्रपाले गरेको गठबन्धन पार्टी केन्द्रको नीति विपरित भएकोले उहाँ दमक नजानु भएको हो । विहान ८ बजे गौरादहको कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्षज्यू फर्कनुभयो ’ ति नेताले भने ।

राजेन्द्र लिङेन आउने भनेर सबैलाई ढुक्क पारेका राम थापालाई उनले नपत्याएपछि गठबन्धनभित्र थप अविश्वास बढेको छ । गठबन्धनका घटकले राम थापाले राप्रपाको प्रतिनिधित्व गर्छन् कि आफ्नो मात्र भनेर थप शंसकित बनेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : १२ बजे