प्रधानमन्त्री पत्नी राणालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री पत्नी राणाले धनगढीमा आयोजित एक कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाएर अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

राणाले गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका स्थानीय ४/५ जनालाई मलेसियाको निःशुल्क भिसा र टिकट उपलब्ध गराइदिने अभिव्यक्ति दिएकी थिइन् । राणा विरुद्ध उजुरी परेपछि आयोगले उनीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ३३ बजे