हनुमान ढोकाको दसैँघरमा फूलपाती

मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको  विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै भएको बताउनुभएको छ । झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गर्नुभयो । 

     देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गुर्नभयो । ओलीले आजै मोरङको मिक्लाजुङ,  झापाको  कमल र  गौरीगञ्ज गाउँपालिका तथा दमक नगरपालिका,  गौरादह र भद्रपुर  नगरपालिकामा भएका चुनावी  सभालाई सम्बोधन गर्नुभयो । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ३९ बजे