‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेका अगाडि पाँच दलीय गठबन्धन फिक्का

                         
यहीँ बैशाख ३० गते सम्पन्न हुन गईरहेको दोश्रो कार्यकालको लागि ७५३ वटै स्थानीय तहको सरकारको निर्वाचन सम्पन्न हुदैछ । सो निर्वाचनमा नेपालका नाम चलेका राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस,नेकपा माओवादी,राप्रपा, एमालेबाट चोईटिएको माधव नेपाल समूह नामको समाजवादी लगायतका दलहरु चुनावी मैदानमा तिब्र प्रतिस्पर्धामा रहेका छन् ।  नेपाली जनताले समृद्धि र विकासलाई नै रोजेका देखिन्छन् । गाउँ गाउ झण्डा र ब्याँनर सहित आाफ्रना दलीय मान्यता अनुसारको उम्मेदवारलाई लिएर भोटमाग्दै मतदाताकोमा पुग्ने चटारो देखिन्छ । सुरुका दिनमा नेकपाएमालेलाई घेरा बन्दी गर्ने उद्देश्यले उत्साहित देखिएका पाँच दलीय गठबन्धनको लगनगाँठो पनि निर्वाचन नजिकिदै जादा एक अर्का प्रतिको अपवित्र साँठगाँठले गर्दा प्रायः सबैजसो नेता कार्यकर्ता नै निरास र उत्साहहीन बन्दै गएका छन् । उनीहरुसँग कुनै राजनीतिक कार्यक्रम र राजनीतिक नारा नभएकोले पनि उनीहरुमा थप निराशा छाउदै गएको देखिन्छ । काँग्रेसको बागी र असन्तोृषले पनि गठबन्धन धरापमा परेको छ । सुरmमा निरास जनतामा एमालेको विकल्प नभएको र सूर्य चिन्हमा मतदान गरेका जनताहरु यस पटकको मतदानमा पनि अपवादमा बाहेक गाँउ शहर सबैतिर सूर्यको पक्षमा रहेको पाईन्छ । नेकपाएमालेको आन्तरिक कारणले केही ठाउँमा मतमा केही कमि भए पनि झापाको  निर्वाचन परिणाममा २०७४को भन्दा थप राम्रो र अधिक स्थानमा बिजय हुनेमा एमाले नेतृत्व ढुक्क रहेको देखिन्छ । झापाको अधिकांस पालिकाहरुमा नेकपा एमालेको सरकारले जनताका बिचमा रहेर गरेका राजनीतिक तथा सामाजिक कामबाट प्राप्त उपलब्धिबाट जनताले निर्वाचनको मिति नजिकिदै गएको समयमा झन भन्दा झन सम्झना आउने गरेको भन्दै यस पटकको आ–आप््mनो अभिमत पनि सूर्य चिन्हवाला मतदाताहरुमा रहेको पाईन्छ । जनतामा के कुराले निरासा बनाएको पाईयो भने एमाले माओवादी केन्द्र सँगको एकता कम्युनिष्ट आन्दोलनको लागि नभएर नेपाली कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको जवजको राजनैतिक र सैदान्तिक उपलब्धिेहरःको समाप्त गर्ने प्रचण्ड पथ को प्रतिगमनकारी रहेछ भन्ने व्यबहारले पुष्टि गरिसकेका छन् । आली सरकारलाई लगाएको आरोप मिथ्या रहेछ भन्ने कुरा जनताले कार्यकर्ताले बुझ्न थालेको अवस्थाले पनि एमालेको अगागि गठबन्धन देश भरमै कमजोर हुने देखिन्छ ।  

नेकपा एमाले भित्रको समस्या राजनीतिक र सैदान्तिक नभएर व्यक्तिवादी चिन्तन र जनताको सामान्य समस्यामा पनि निर्वाचित जनप्रतिनीधिको लापरवाहिका कारणले, र स्थानीय नेतृत्वमा पलाएको अवसरवादी चिन्तन र चरित्रले गर्दा उत्पन्न सामान्य समस्या बाहेक जनतामा एमाले प्रतिको आकर्षणमा कुनै पनि ठाँउमा कमिनरहेको र त्यो विगतमा भन्दा बढिरहेको झापाको गाँउगाँउको मत सर्वेक्षणले पुष्टि गरिसकेको पाईन्छ । अपवादमा बाहेक गठबन्धनले एमालेलाई रौं पनि हल्लाउन नसक्ने जनताको अभिमत पाईन्छ । 
नेपालमा निर्वाचन भएको त्रिसठ्ठीऔ महोत्सव २०७८ फाल्गुण ७ गते निर्वाचन आयोगले मनाई सकेको छ । यो ६३ वर्षमा नेपाली काँग्रेसले २०१५ सालमा दूईतिहाई,२०४८ र २०५६ सालमा बहुमत पाएर पनि पुरा पाँच वर्ष सरकार संचालनमा चुकेको पाईन्छ । नेपाली काँग्रेस नै अस्थिरताको प्रतिक हो भन्ने कुरा नेपाली जनताले देख्ने र भोग्ने काम भइसकेका छन् ।  भनिन्छ “बाँदरले आप्mनो पनि घर बनाउन सक्तैन र अरुलाई पनि घर बनाएर सुखले बस्न दिदैन” भन्ने कुरा दिनको घाम जतिको छर्लङ्ग हुने गरि प्रतिगमनका महानायक सम्माननीय प्रधानमन्त्री  शेरबहादुर देउवा ज्यूको नेत्रित्वले देखाई दिएको छ । नेकपा एमालेको पार्टि भित्रका अवसरवादीहरुको गुट स्वार्थका कारणले बाहेक नेकपा एमालेको सरकारहरmले मुलुक र जनताको लागि हानीनोक्सानी हुने काम नगरी देश विकासको गतिमा अगाडि बढिरहेको समयमा ब्रेक लगाउने कार्यले मुलुक गम्भिर संकटमा पुगेको छ । वास्तविक प्रतिगमनकारी नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली नभएर पाँच दलीय गठबन्धनका महानायक र नायकहरु सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधव,प्रचण्ड र झलनाहरु नै रहेका छन् । नेपालमा बहुदलीय व्यबस्था अफाप सिद्ध छ भन्ने महेन्द्र पथलाई नै बढावा दिएर प्रतिगमनका नायक आफै भएको सावित गरेका छन् । देशको धरासायी आर्थिक अवस्था र बिग्रदो राजनीतिक अस्थिरताको श्रोत नै नेपाली काँग्रेस हो भन्ने कुरा एक पटक पुनःप्रमााण्ति हुन पुगेको छ । यो देश र काँग्रेसको लागि पनि खतराको संकेत रहेको छ । 

अन्त्य त एमालेलाई घेरा बन्दीमा पारेर राष्ट्रवादी आन्दोेलनलाई कमजोर बनाउने प्रतिगमनकारी आन्दोलनको घेरा बन्दीमा गठबन्धन आफै कैद हुन पुगेको छ । एक्लो एमालेका अगाडि पाँचदलीय गठबन्धन् कमजोर सावित देखिएको पाईन्छ ा ओली सरकारको राजनीतिक मिशनको ताजा जनादेश पनि स्थानीय तहको निर्वानले थप पुष्टि गर्नेछ । निर्वाचन प्रचारप्रसार जनअभिमत, र जनतामा परेको एमाले सरकारका विकास अभियानले पुनः स्थानीय तहको सरकार,प्रदेश सरकार र संघीय सरकारमा पनि एमालेको भारी जनमतका साथ सरकार निर्माणमा सफल हुने छ । नेकपा एमालेको जितमा मात्रै नभएर हारमा पनि राजनीतिक साखमा सफलता मिल्नेछ । तिनै तहको निर्वाचन परिणामको पूर्व आकलनले भनिरहेको छ आगामी सरकार पनि एमालेको, तीनै तहमा शानदार बहुमतको ।   

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ३० बजे