हनुमान ढोकाको दसैँघरमा फूलपाती

फोहोरलाई मल बनाउने प्रस्ताव लिएर जाँदा रामचन्द्र पौडेलले विज्ञसँग १६ करोड मागे : केशव स्थापित

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको बताएका छन् ।  एमालेले काठमाडौंमा आज आयोजना गरेको चुनावी सभामा बोल्ने क्रममा स्थापितले आफ्नो प्रतिस्पर्धी नै नरहेकोले जित निश्चित रहेको बताउनु भएको हो ।

‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भन्नुभयो, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन ?’ उहाँले आफूले काम थालेको एक बर्षभित्र काठमाडौंको फोहोरको स्थायी समाधान निस्कने पनि बताउनु भयो । ‘कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न पाउँदैन, स्थायी समाधान हुन्छ,’ स्थापितले भन्नुभयो । उहाँले एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

काठमाडौंकै पूर्वमेयर समेत रहनुभएका स्थापितले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले फोहोर मैला विज्ञलाई ठेकेदार सम्झेर १६ करोड मागेको र सो रकम नपाएपछि फोहोर मैला व्यवस्थापन सम्बन्धी फाइल नै लुकाएको बताउनु भयो ।

‘कांग्रेसले काठमाडौंमा फोहोरको राजनीति पहिले देखिनै गरेको हो । मेरै पालामा फोहोरबाट मल बनाउने गरी सबै काम अघि बढेको थियो । त्यस बेला स्थानीय निकाय थियो, अहिलेजस्तो स्थानीय सरकार थिएन । तालुकवाला मन्त्री रामचन्द्र पौडेल थिए । उनले मेरो एक्सपर्टसँग मेयरको पनि भुँडी छ, मेरो पनि भुँडी छ भनेर १६ करोड मागेका कारण त्यो नपाएपछि फाइल लुकाए । त्यसकै कारण फोहोरमा समस्या आएपछि गिरिजाप्रसादले सात दिनमै उनलाई स्याक गरेका थिए,’ स्थापितले भन्नुभयो ।

स्थापितले आफू मेयर निर्वाचित भएको एक साताबाटै बिहान, दिउँसो र साँझ तीन पटक फोहोर उठाउने र एक वर्षभित्र दीर्घकालीन समाधान निकालेर देखाउने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १९ बजे