‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हेटौंडामा समाजवादीबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गर्नुभएको हो । भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराउनुभएको थियो ।

एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १५ बजे