मन्त्रीहरुलाई फेरि २–४ पाना स्पष्टीकरणमा खर्चिनुपर्ने भयो : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रीहरुलाई स्पष्टीकरण सोधिने बताएका छन् । अधिकांश मन्त्रीहरु जिल्लामा गएको सूचना प्राप्त भएपनि एक दुई जनाबाहेक कसैले पनि आयोगसँग स्वीकृति नलिएको स्पष्ट पार्नुभएको छ ।

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हामीले जानकारी पाएअनुसार एक दुई जनाबाहेक अरुले निर्वाचन आयोगबाट अनुमति लिएको जानकारी छैन । आज ती सूचना आउलान् । यसको आधारमा फेरि २–४ पाना स्पष्टीकरणको निम्ति खर्चिनुपर्ने अवस्था आउला हामी त्यो गर्छौँ ।’ उहाँले भन्नुभयो आचारसंहिता उलंघन शीर्ष नेता र जाने सुनेकाहरुबाटै भएको पनि बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ४० बजे