प्रचण्डकी छोरी जिताउन कांग्रेसले आफ्नो कार्यकर्तालाई चुनाव चिन्ह विहीन बनायो: अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताले कार्यकर्तालाई चुनाव चिन्हविहीन बनाइदिएको बताउनुभको छ ।

स्थानीय तह निर्वाचनको अन्तिम चुनावी सभालाई काठमाडौंको भृकुटी मण्डमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै १५÷२० वर्ष कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाउने दाबी गर्नुभयो ।

ओलीले भन्नुभयो– कांग्रेसका कार्यकर्ताले कहाँ भोट हाल्ने भन्ने पनि थाहा हुन्न । चितवनमा गए एउटा,पोखरामा अर्को,दमकमा अर्को चिन्हमा हाल भन्छन् नेताहरू । अझ अस्ति सुन्नुभयो होला,चितवनमा एक जना नेताले मेरो छोरीलाई नजिताए देशलाई दुर्घटनामा गुल्टाउँछु, जितायौ भने म खुसी हुन्छ र अझै १५÷२० वर्ष गठबन्धन लैजान्छु । अनि उनकै शाखा सन्तानलाई भोट हाल्नुपर्ने भयो ।

नेपाली कांग्रेसले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर लोकतन्त्रको परिभाषा फेर्न खोजेको भन्दै ओलीले चुनाव हुन नदिने र अदालतबाट नियुक्ति पत्र लिने उल्टो बाटोमा कांग्रेस हिँडेको आरोप ओलीले लगाउनुभयो।

ओलीले चुनावको पूर्व सन्ध्यामा धाँधली र सत्ताको दुरुपयोगको संकेतहरु देखिन थालेको भन्दै निष्पक्ष चुनाव गराउन निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : २८ बजे