हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताउनुभएको छ । 

काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताउनुभएको हो ।  । 

‘स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उहाँले भन्नुभयो, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’ 

एमालेको जित सुनिश्चित भइसकेको बताउनुभएका अध्यक्ष ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताउनुभयो । 
 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ५१ बजे