हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

ललितपुरमा गठबन्धन भित्र घात हुने निश्चित

ललितपुर –  ​​​​​​​दुई दिनपछि हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनबाट उठेका  उपमेयरका  उम्मेदवारलाई  असहयोग गर्ने निश्चित प्राय भएको छ ।   नेपाली कांग्रेसकै नेताहरू स्वतन्त्र उम्मेदवारको मोर्चा सम्हाल्न खटिएका कारण पनि यस्तो अनुमान गर्न थालिएको छ ।  

खरायो चिन्हबाट उपमेयरमा  उठेका स्वतन्त्र उम्मेदवार  अजर मान जोशीलाई कांग्रेसको मत जाने आकलन गरिएको छ । स्रोतका अनुसार लामो समय देखी कांग्रेससँग नजिक हुँदै उद्योग र सामाजिक क्षेत्रमा सक्रिय जोशी उपमेयरमा उम्मेदवारी प्रस्तुत गर्नु र ललितपुर कांग्रेसका वरिष्ठ व्यक्तिहरू जोशीको सहयोगी हुनुले गठबन्धनमा घात हुने निश्चित जस्तै देखिएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार चिरीबाबु महर्जन र नेकपा माओवादीबाट उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्य मैदानमा छन् । नेपाली कांग्रेससँग नजिक रहेका केही उम्मेदवारहरू उपमेयरको स्वतन्त्र उम्मेदवारमा उठेका कारण पनि मेयरमा कांग्रेस र उपमेयर स्वतन्त्र उम्मेदवार कांग्रेसमा मत खस्ने आकलन गरिएको छ । मेयरका उम्मेदवार महर्जनले भित्री रूपमा नेपाली काग्रेस निकट खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका जोशीलाई समर्थन गर्न लागेको बुझिएको छ ।  जोशीको पक्षमा नेपाली काग्रस निकट उद्योग व्यवसायी माओवादीलाई नभै जोशीलाई उम्मेदवार दिने लागेका छन् । घरदैलो कार्यक्रममा उद्योग वाणिज्य सङ्घको टिम सहित हिँडेका जोशीले आफुृलाई भोट दिन आग्रह गरेका छन् । र अर्कोतर्फ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) मा  मेयर र उपमेयरका उम्मेदवार नभएको  कारण गठबन्धनका तर्फबाट अगाडि बढाइएका मेयर र उपमेयरमा भोट खसाल्नै पर्ने बाध्यतामा छैन । खरायो चिन्ह पाएका जोशी कांग्रेस, माओवादी र अन्य विभिन्न क्षेत्रबाट मत लिने तयारीमा देखिन्छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : २२ बजे