ललितपुरका दुईतिहाई गुठी एमालेको पक्षमा

ललितपुर ।   आशन्न स्थानीय तहको निर्वाचनमा ज्यापू समाजका दुर्इ तिहाइ गुठीहरु हरिकृष्ण व्यञ्जनकारको पक्षमा रहको स्थानीयबासीले बताएका छन् । ललितपुर महानगरपालिकामा नेकपा एमालेका मेयरको उम्मेदवार रहनुभएका व्यञ्जनकारको पक्षमा माहोल बन्दै जाँदा बहुसंख्यक ज्यापू समाजमा आवद्ध टोलहरुको समर्थन बढ्दै गएको हो ।

ज्यापू समाजसँग आवद्ध गुठीका एक सदस्यले भने, “आगामी बैशाख ३० को निर्वाचनमा ललितपुरमा महानगरको मेयरको रुपमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई समर्थन गरेको बताएका छन् । काग्रेसका मेयरका उम्मेदवार चिरीबाबुलाई अघिल्लो पल्ट समाजले सहयोग गरेकोमा सांस्कृतिक र धार्मिक आस्थामा चिरिबाबुले प्रहार गरेकोले यसपल्ट व्यञ्जनकारको पक्षमा दुइ तिहाइभन्दा बढीको संख्यामा खुल्न खोजिरहेका छन् ।” उनले भीमसेन मन्दीर बनाउन असहयोग गरी आश्वासन दिएको , मानव वस्तीमा शवदाह निर्माण गर्न खोेजेको, महानगरसंगैको बसपार्कमा पलेस्वा पुखु नबनाइ आर्थिक लाभ लिएको लगायतका आरोप लगाएका छन् । आश्वासन बाड्दै हिड्ने महर्जनले जनविश्वास गुमाइसकेको आरोप लाग्न थालेको छ ।

ललितपुरमा रहेका ४० वटा गुठीमध्ये दुइ तिहाइ गुठीले व्यञ्जनकारलाई सहयोग गर्ने भइसकेको स्रोतले बताएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर पदमा झिनो मतले पराजित हुनुभएका व्यञ्जनकार यो निर्वाचनमा विजयको नजिक पुगेको अनुमान गर्न थालिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : १४ बजे