हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : स्थापित

काठमाडौं । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनुभएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी माग्नुभएको छ ।  

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताउनुभयो । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भन्नुभयो।

आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : २२ बजे