हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

पालुङटारमा जनता समाजवादी र एमालेको तालमेल

गोरखा । सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । यहाँ नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । 

नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् । विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : २५ बजे