‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तानसेन चम्काउने योजनासहित विजयको प्रतीक्षा

धनेन्द्रराज घिमिरे
नगर प्रमुखका उम्मेदवार
तानसेन नगरपालिका

लामो समयददेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका जुझारु क्रियासिल सामाजिक अभियन्ताको रुपमा चिरपरिचित व्यक्ति हुनुहुन्छ, धनेन्द्रराज घिमिरे । उहाँ तानसेनलाई स्मार्ट सिटी सहितको पर्यटकीय केन्द्रविन्दु बनाएर सिङ्गो पाल्पा लाई पर्यटकीय जिल्ला बनाउने कार्ययोजना सहित स्थानीय निर्वाचन २०७९ मा नेकपा एमालेको नगर प्रमुखका उम्मेदवार हुनुहुन्छ । २०३६ सालदेखी राजनितिमा सक्रिय रहेका नगर प्रमुखका उम्मेदवार घिमिरेले हालसम्म राजनितिक लाभको पद नलिई राजनितिक र सामाजिक जीवनमा सक्रिय रहेका सरल स्वभाव, इमान्दार, कर्तव्यनिष्ट हुनुहुन्छ ।

२०३५ सालदेखि सक्रिय राजनीतिमा होमिएका घिमिरे अहिले पनि नेकपा एमालेको सक्रिय राजनीतिमा क्रियासिल हुनुहुन्छ ।
स्नातकोत्तर उत्तिर्ण घिमिरे २०३५ सालमा नेकपामासंगठित हुदै २०३६ सालमा युथ लिगको सदस्य हुनुभयो । २०३६ मै अनेरास्ववियु पाल्पाको संस्थापक अध्यक्ष हुनुभएका उहाँ २०३९ सालमा पार्टीको पुर्णकालीन सदस्य,तानसेन नगर कमिटीको सदस्य, २०४० सालमा तानसेन नगर कमिटीको सचिव, २०५२ सालमा तानसेन नगर कमिटीको इन्चार्ज, नेकपा एमालेको जिल्ला कमिटी सदस्य र कार्यालय सचिव भई काम गर्नुभयो ।

अहिले नगर प्रमुखका उम्मेदवार घिमिरेले २०५४ सालमा नेकपा एमाले पाल्पा जिल्लाको उपसचिव, २०५५ मा नेकपा एमाले तेस्रो जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व, २०५८ चौथो जिल्ला अधिवेशनबाट पुन ः जिल्ला नेतृत्व, २०६१ देखि २०७८ सम्म नेकपा एमालेको केन्द्रिय लेखा आयोग सदस्य, २०७९ मा नवौं जिल्ला अधिवेशनबाट पुन ः अध्यक्ष लगायत बिभिन्न पदमा रहेर योगदान पुर्याउनुभयो ।

विभिन्न संघ संस्थामा योगदान

२०३९ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला नेतृत्वमा रही काम गरेको नगर प्रमुखका उम्मेदवार घिमिरे २०४८ सालमा नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय उपाध्यक्ष हुनुभयो । कर्मचारी आन्दोलनमा लाग्दा जागिरबाट नै अवकास पाउनुभयो ।
उहाँ नेपाल प्रगतिशिल प्राध्यापक संगठनको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा २०५२ देखी ०५८ सम्म अध्यक्ष, नेपाल बुद्धिजिवी परिषदको जिल्ला अध्यक्ष र त्रिभुवन बहुमुखी क्याम्पसको व्यबस्थापन समितीको सदस्य, जिल्ला शिक्षा समितीको सदस्य, नेपाल रेडक्रस सोसाईटी पाल्पाको सदस्य भई काम गर्नुभयो ।

निरङकुशता विरुद्धको आन्दोलनमा योगदान

उहाँले पञ्चायत तथा निरङकुशता विरोधी आन्दोलनमा हिरासत, यातना र जेल जीवन बिताउनुभयो । घिमिरे २०३६ सालको पञ्चायत विरोधी आन्दोलनमा प्रहरीको धरपकडमा गिरफ्तार हुनुभयो । २०४२ सालमा पुनः पञ्चायत विरोधी आन्दोलनमा होमिंदा हिरासत हँुदै पाल्पा जेलमा पर्नुभयो । जेलमा रहँदा समेत जेल सुधार आन्दोलन चलाउनुभएका घिमिरे कपिलबस्तु जेलमा सरुवा हुनुभयो । घिमिरेले पाल्पा र कपिलबस्तु गरी ६ महिना जेल जीवन बिताउनुभयो ।

यस्ता छन् योजनाहरु:

एमाले तानसेनका उम्मेदवारहरुले नगर सरकारले संचालन गरेका सबै किसिमका महत्वपुर्ण योजनालाई निरन्तरता दिई समयमै पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । तानसेनका १४ वटै वडाबाट अधिकतम सेवा प्रदान गरी नागरिकलाई घरदैलो सेवा प्रदान गर्ने, वडाबाटै योजना सम्झौता, अनुगमन मुल्याङकन तथा बजेट निकास गर्ने, कृषि उत्पादन बढाउन, सबै किसिमका कृषि उत्पादनमा अनुदानको व्यबस्था गर्ने, श्रीनगर डाँडामा सेनकालीन ऐतिहासिक दरवार पुननिर्माण गर्ने, ठाउँ ठाउँमा सुन्दर पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लगायतका योजनाहरु रहेका छन् ।

त्यस्तै पाल्पा दरवार संग्रहालय परिसर बढाई पर्यटकीय पुर्वाधार विकास गर्दै आर्कषक मनोरम केन्द्र बनाउने, तानसेनको पुरानो बजार क्षेत्र नारायणस्थान, शितलपाटी, वसन्तपुर, सिल्खान टक्सार टोलका घरहरु निर्माण गर्दा अगाडीको भाग पुरानै शैलिमा निर्माणको व्यबस्था मिलाउने, यस क्षेत्रमा ठुला सवारी साधन निषेध गरी दर्शकीय पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लगायतका योजनाहरु घोषणापत्रमा उल्लेख छन् ।

एमाले तानसेनको घोषणापत्रमा भगवतीजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउने र सरकार प्रमुख वा राष्ट्रप्रमुखबाट अवलोकन गर्ने परम्परा चलाउने, माडी, दकमडा, मदनपोखरा क्षेत्रमा पर्यापर्यटनको विकास गरी घर घरमै रोजगारी अभियान चलाउने, रिडी रानीघाट क्षेत्रमा जलपर्यटनको विकास गर्ने, तानसेन ७ कुन्सरेमा चिडियाखाना र वन्यजन्तु पार्क निर्माण गर्ने, मदनपोखरा, अर्गली छेरलुङ लाई कृषि पकेट, बराङ्दी क्षेत्रलाई मौरीपालन पकेट, बौघापोखराथोक, बौघागुम्वा र मदनपोखरा छापलाई दुग्ध उत्पादन पकेट क्षेत्र र बन्दिपोखरालाई सुन्तला तथा फलफुल पकेटको रुपमा विकास गर्ने, ढाकाको राजधानी पाल्पालाई उत्सवको रुपमा मनाउने, सोही अनुसार ढाका उद्योग स्थापना गरी हजारौं व्यक्तीहरुलाई रोजगारी प्रदान गर्ने लगायतका प्रतिवद्धता छन् ।

यसैगरी एमाले घोषणापत्रमा गुणस्तरीय शिक्षाको लागि सामुदायिक बिद्यालयहरुलाई आवासिय बिद्यालयको रुपमा विकास गर्ने, कक्षा ८ सम्मका वालवालिक लाई विद्यालयमै दिवा खाजा व्यबस्था गर्ने, त्रिभुवन बहुमुखी क्याम्पसलाई प्राज्ञिक उन्नयन केन्द्रको रुपमा विकास गर्ने, प्रत्येक माध्यमिक बिद्यालयमा एक स्वास्थ्यकर्मी र एक खेल शिक्षकको व्यबस्था गर्ने लगायतका प्रतिवद्धता पनि छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : १८ बजे