हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

भिमादमा मेयरका उम्मेदवार सुवेदीकाे शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता

दुलेगौंडा। तनहुँको भिमाद नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार दधिराज सुवेदीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुर्याउनुभएको छ । घरघरमा पुगेर जनताको गुनासा सुन्दै र आफ्ना योजना सुनाउँदै हिँड्नुभएका सुवेदी भिमाद–६, पोखरी टोलमा २०१० सालमा जन्मिनुभएको हो । पिता देवीप्रसाद सुवेदी र माता बुद्धिमाया सुवेदीको कोखबाट जन्मिनुभएका सुवेदीले स्नातकतहसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

२०२६ सालमा गाउँफर्क मा.वि. फिर्दीमा स्व.वि.यु. सभापति हुनुभएका उहाँले २०२६ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । वि.स. २०२६ सालमा ढोरफिर्दी सेल कमिटी सदस्य बनेपछि ढोर एरिया कमिटी सदस्य एवं राङरुङ सेल कमिटीको सचिव हुँदै उहाँ २०२९ सालमा तनहूँ जिल्ला कमिटीको सदस्य हुनुभएको थियो ।

तीन वर्षपछि गण्डकी अञ्चल कमिटीको सदस्य, तनहूँ जिल्ला कमिटीको सचिव, अञ्चल कमिटीको सदस्यहुँदै २०४५ सालमा वाममोर्चा तनहुँको अध्यक्ष हुनुभयाे । एमाले तनहुँको उपसचिव, अञ्चल कमिटी सदस्य, जेष्ठ कम्युनिष्ट मञ्चको केन्द्रीय सदस्यहुँदै २०७२ मा केन्द्रीय सल्लाहकार सदस्य हुनुभएको थियो । हाल उहाँ केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ ।

लामो समय शिक्षण पेशामा लाग्नुभएका सुवेदी नेपाल राष्ट्रिय शिक्षक संगठनको संघर्ष समितिमा सहसचिव हुँदै नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो निर्वाचित अध्यक्ष बन्नुभयाे । सोही पदमा दोस्रो पटक निर्वाचित हुनुभएका उहाँले नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सल्लाहकार सदस्यको भूमिका निर्वाह गर्नुभएको थियो ।

मानव अधिकार एलायन्स तनहुँ जिल्लाको संस्थापक अध्यक्ष रहनुभएका उहाँ मानव अधिकार एलायन्सको केन्द्रीय सदस्य हुनुभएको थियो । साहित्यतर्फ पनि उहाँ उत्तिकै चर्चित हुनुहुन्छ । पुष्पलालको संक्षिप्त जीवनी, एकदेव आलेको संक्षिप्त जीवनी, कविता सङग्रह अतृप्त बगरहरुलगायत उहाँका कैयौँ कृति प्रकाशित छन् । विद्यार्थी कालमा अन्तरक्याम्पस कविता प्रतियोगितामा प्रथम पुरस्कार जित्न सफल उहाँ शुक्ला साहित्य संगम र प्रगतिशील लेखक संघबाट सम्मानित हुनुहुन्छ । पर्यटकीय क्षेत्रहरुको खोज अनुसन्धानमा सक्रिय उहाँ हाल सिद्धगुफा विकास समिति, भिमादका अध्यक्ष हुनुहुन्छ ।

यस्ता छन् सुवेदीका योजना

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा विस्तार, भौतिक पूर्वाधार समृद्ध भिमादको आधार भन्ने मुल नारालाई आत्मसाथ गर्दै सुवेदी मतदाताका बीचमा पुगिरनुभएको छ । आगामी पाँच वर्षमा सुवेदीले सर्वसुलब शिक्षा र स्वास्थ्यको व्यवस्था, खानेपानी, वातावरण र फोहोमैलाको उचित व्यवस्थापन, विद्युतीकरण, आधुनिक उर्जा, सिँचाई, प्रकोप नियन्त्रण, नदी व्यवस्थापन, यातायात, पूर्वाधार, आवास, कृषि तथा पशुपञ्छी, भूमि व्यवस्थापन, पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धन, कला संस्कृति, धार्मिक, साँस्कृतिक, जैविक विविधता, युवा रोजगारी, खेलकुद, जेष्ठ नागरिक, महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, गरिबी निवारण, सुशासन आदिलाई प्राथमिकता दिने योजनाका अगाडि सार्नुभएको छ ।

कमरेड सुवेदीले भिमादमा रहेको विवादित जग्गाको समस्या समाधान गरी पूर्जा दिने बताउनुभयो । भिमाद नगरपालिका वडा नं. ६ को विवादित जग्गा मिलापत्र गरी करीब ८६८ धुरी, जनज्योति मावि, जनज्योति क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद नगरपालिका, खेल मैदान, उद्योग वाणिज्य सङ्‍घ, जय नेपाल आधारभूत विद्यालयलगायत विभिन्न सङ्‍घसंस्थाहरूका नाममा जग्गा धनी प्रमाणपत्र उपलब्ध गराउन व्यवस्था मिलाइने उल्लेख गरेका गर्नुभयो ।

कालोपत्रे सडक नपुगेका वडा कार्यालयसम्म जाने सडकहरूलाई ५ वर्षभित्र कालेपत्रे गरी मुल सडकमा जोडिने उहाँको योजना छ । शिक्षामा १५ प्रतिशत नघट्ने गरी बजेट विनियोजन गर्ने, स्वास्थ्य विमा गर्न प्रोत्साहन गर्ने, खानेपानीको सुविधा नभएका ठाउँमा एक घर एक धारा कार्यक्रममार्फत् स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने, भिमाद बजार एवम् वरपरबाट निस्केको फोहरलाई व्यवस्थापन गर्नका लागि उपयुक्त स्थानमा डम्पिङ साइडको निर्माण गरी फोहरमैला मुक्त भिमाद निर्माण गर्ने उहाँले संकल्प लिनुभएको छ ।

जेष्ठ नागरिक (सामाजिक सुरक्षा भत्ता) वडामार्फत् टोल टोलबाटै वितरण गरिनुका साथै भिमाद–७ स्थित भिमाद र म्याग्दे गाउँपालिकाई जोड्ने जीर्ण अवस्थामा रहेको स्थानीय खानीबाट उत्पादित फलामबाट निर्मित पुरातात्विक एवं ऐतिहासिक महत्वको झोलुङ्‍गे पुल र सोही स्थानमा रहेको शिवालय मन्दिरको संरक्षण गर्ने बताउनुभयो ।

व्यवस्थित पर्यटन प्रवद्र्धनका लागि “भिमाद नगर स्तरीय पर्यटन विकास समिति“ गठन गरी पर्यटकीय स्थलहरूको सूची निर्माण गरिने सुवेदीले बताउनुभयो । उहाँका अनुसार सोही विकास समितिले धार्मिक, ऐतिहासिक, पुरातात्विक हिसाबले महत्त्वपूर्ण मानिएका मठमन्दिर, कोट, गुम्बा, बिहार, मस्जिद, थान, गुफा, क्षेत्र र वस्तुहरूको सूची तयार गरी तिनीहरूको संरक्षण र प्रवर्धन गर्नेछ । भिमाद ङ्‍गशालालाई कवर्ड हलसहितको राष्ट्रिय स्तरको रङ्‍गशाला बनाइने उहाँको प्रतिवद्धता छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ०७ बजे