हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

मैवाखोलाको मुहार फेर्न लागि पर्छु : थत्लुङ

ताप्लेजुङ । अहिले देश नै स्थानीय निर्वाचनमा होमिएको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । प्रत्येक स्थानीय तहका राजनीतिज्ञहरू निर्वाचनमा होमिएका छन् । उम्मेदवारहरु आ—आफ्नो उम्मेदवारले मनोनयन दर्ता गरी निर्वाचन प्रचार प्रसारमा गदै घर दैलो अभियान अन्तिम चरणमा पुरयाउनु भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेले राजन कुमार थत्लुङलाई पालिका भित्रमा घरदैलो अभियानलाई अन्तिम चरणमा पुरयाएको बताउनुहुन्छ ।

उहाँले भन्नुहुन्छ जित्ने निश्चित छ हाम्रो गाउँपालिकाको बाकी रहेको काम पुरा गर्ने र थप योजना बनाएर ताप्लेजुङको नमुना गाउँपालिका बनाउन आफ्नो सारा समय बिताउने रहेको छ । उहाले कयौ कामहरु गरे पनि अधुरा , अपुरा काम पुरा गर्न अहिले फेरी पनि चुनाबी मैदानमा आएको छु जित सुनिश्चित भएको भएको छ मैवाखोलाको मुहार फेर्ने छु ।

राजनीति यात्रा

बुबा लाल बहादुर लिम्बु र आमा दिलमाया लिम्बु को कोखबाट २०३३ फाल्गुन २६ गते मैवाखोला गाउपालिका साविक साघुमा जन्मेका लिम्बुले सामान्य परिवारमा हुर्केका हुन् । सदस्य  : २०५३ सालमा लिनु भएको थत्लुङ  २०४९–२०५३ सालप्रजातान्त्रीक राष्ट्रिय युवा संघ साँघु गाउँ कमिटि सदस्य हुदै उपसचिव,२०५३–२०५८ साल सम्म नेकपा (एमाले) साँघु गाउँ कमिटि सदस्य,२०५८–२०६३ साल सम्म नेकपा (एमाले) साँघु गाउँ कमिटि सचिव,२०६३–२०६८ साल सम्म नेकपा (एमाले) १० क्षेत्रीयइलाका कमिटि अध्यक्ष,२०६८–२०७२ साल सम्म नेकपा (एमाले) साँघु गाउँ कमिटि अध्यक्ष,२०७२–२०७५ साल सम्म नेकपा (एमाले) मैवाखोलागाउँपालिका संगठन कमिति सदस्यतथाजिल्ला कमिटि सदस्य,२०७४ सालको स्थानीयतह निर्वाचनबाट,मैवाखोलाको अध्यक्ष पदमा निर्वाचित नेकपा (एमाले) २०७८ देखि नेकपा (एमाले) ताप्लेजुङ्ग जिल्ला कमिटि सचिवालय सदस्य तथा मैवाखोलापालिका कमिटि इन्चार्ज हुनुहुन्छ ।

बिगतमा गरेका मुख्य कार्यहरु

मैवाखोला गाउपालिकको प्रत्येक वडा जोड्ने रिङरोडको सडक ट्रयाक ओपनको काम ८५ प्रतिशत सकिएको छ । पालिकामा २,४,५र ६ वडाको वडा कार्यालय भवन निर्माण सकिएको र विभिन्न वडाका आवश्यक स्थानमा ३ वटा स्वास्थ्य इकाई स्थापना गरि सेवा सुरु भएको छ । त्यस्तै दुरदराजमा रहेका महिलालाई प्रसुति गर्न सहजत बनाउने उद्देश्यले वडा नं ५ मा वर्थिङ सेन्टर स्थापना गरि सेवा लिईरहेका छन् । राष्टपति हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक वडामा हेलीप्याड निर्माणको सकिएको छ । मदन भण्डारी स्मृति रङगशाला निर्माणको लागि ५३ रोपनी जग्गा ब्यवस्थापन गरि डिपिआर तयार गरेर निर्माण काय थालनी भएको थत्लुङ बताउनु हुन्छ । मैवाखोला गाउपालिकाको स्वास्थ्य कोष संचालन कार्यविधी निर्माण गरिसकेको बताउनु हुन्छ ।

भावी योजना

उहाँले मैवाखोला गाउँपालिकाको मुहार फेरेर नमुना गाउँपालिका बनाउँनका लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि जस्तै धेरै विकासको योजना बनाउनु भएको छ । ‘योजना बनाएर मात्र नहुने काम पनि गर्नुपर्छ । योजना अनुसार कार्यन्वयन गरेर जनताको मन जित्ने अठोट छ । त्यसैले उहाँले काम गरेर देखाउने अनि मात्र बोल्ने भनाई छ ।

प्रतिवद्धता

जनताको इच्छा चाहाना र आवश्यता अनुसार पुर्वाधार निर्माण गर्नेछु । जनताले देख्ने , अनुभुति गर्ने कामको प्रतिवद्धता रहेको छ । सामाजिक जागरण र विकासमा थप सहयोग पुयाउने छ । भ्रष्टचार नगर्ने र गर्न नदिने , गर्नेलाई कार्वाही गर्ने जस्ता कामलाई पहिलो प्राथमिकता राख्नेको छ र समृद नेपाल र सुखी नेपालीको सपना साकार पार्ने जस्ता योजना तथा बाकी रहेका कामलाई पुर्णता दिने काममा अग्रसरता रहेको छ ।

शिक्षा /सुचना तथा सञ्चार

गाउँपालिका भरीका विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न र गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्न अतिरिक्त कक्षा संचालका लागि अनुदान रकम उपलब्ध गर्ने तथा कक्ष १२ सम्म निःशुल्क गर्ने उहाँ बताउनुहुन्छ । ताप्लेजुङ आफैमा एक विकट जिल्ला हो । त्यस माथि गाउँ गाउँमा इन्टरनेट, टेलिफोेन जस्ता सञ्चार माध्यमकोे चरम अभाव हुने गर्छ । ५ बर्ष भित्र पालिकामा रहेका सबै विद्यालयलाई समय र आवश्यकता अनुसार आईसिटीको ब्यवस्था गर्ने रहेकोछ । मैवाखोलागाउपालिकामा सबै सरकारी कार्यालय गैर सरकारी संघ सस्थाहरुमा तथा विधालयमा इन्टरनेटको सुविधा प्रदान गरिने उहाँ बताउनु हुन्छ ।

विद्युत /खानेपानी

गाउँपालिकोे सबै वडाका घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने ,पालिकालाई अध्यारो मुक्त क्षेत्र घोषणा गर्ने रहेको छ । पालिकाभित्र सबै वडामा केन्द्रीय विधुत प्रशारण लाई ५ बर्षमा पुयाउने , एक घर एक धारा स्वच्छ खानेपानीको ब्यवस्था गर्ने बताउनु भएको छ ।

पूर्वाधार क्षेत्र

गाउपालिका स्तरमा विधुतको सवस्टेसन निमार्ण गर्ने , पालिकामा एक सुविधा सम्पन्न सभाहल निमार्ण गर्ने, गाउपालिकाको प्रशासकीय भवन ३ बर्षमा निर्माण समपन्न गरि एकिकृत सेवा प्रदान गर्ने योजना रहेको छ । यस्तै वडा देखि पालिका तथा पालिका देखि सदरमुकाम जोडने गौरवको आयोजनालाई प्राथमिकता दिइ ५ बर्षमा १२ महिना सवारीसाधन संचालन हने सडक निर्माणको योजना छ । पालिका भित्रका जातजातिहरुकोे मठ मन्दिर तथा गुम्बाहरुको संरक्षण गरिने उहाले बताउनुभयो ।

पर्यटन क्षेत्र

आन्तरिक आयलाई वुद्धि गर्ने उद्देश्यले गाउँपालिकामा रहेको लालि गुरासको राजधानी तथा ताल पोखरी लगायतका विभिन्न पर्यटकिय स्थानहरुको पहिचान गरी पर्यटकीय क्षेत्रकोे रुपमा विकास तथा विस्तार गर्ने साथै धार्मिक तथा संस्कृतिक पुरातात्विक वस्तुहरुको पहिचान गरी संरक्षण गर्ने थत्लुङ बताउनु हुन्छ । यस्तै गुरास वाटोनिकल हव को गुरुयोजना तयार गर्ने तथा बहुसास्कृतिक संग्रालय निर्माण गर्ने रहेको छ ।

कृषि क्षेत्र

नेपाल एक कृषि प्रधान देश हो । विषेश गरी गाउँपालिकामा अधिकांश मानिस कृषिमा आधारित छन् । यसैले सहुलिय कृषि कर्जा कोषको ब्यवस्था गरि कायान्वयन गराउन र कृषि क्षेत्रलाई आधुनिकिकरण गरी व्यबसायीक बनाउने उहाँको योजना रहेको छ । साथै युवाहरुलाई व्यवसायीकरण गर्न विभिन्न कार्यहरुकोे सञ्चाल गरीने योजना रहेको उहाँ ‘हाम्रो सुनाउनुहु्न्छ । गाउँपालिकाको माथिल्लो क्षेत्रमा अलैची खेती हुने भएकोले आधुनिक खेती प्रणालीलाई प्राथमिकता दिने योजना रहेको छ । निर्वाह मुखि रहेको खेतीलाई ब्यवासायीक बनाउने उत्पादन भएका कृषि उपजलाई बजार सम्म पुयाउन पहल गर्ने रहेको छ । एक घर एक उन्नत जातको भैसी ,गाई पाल्नका लागि कृषकलाई सहयोग गरिने बताउनु भयो ।

खेलकुद क्षेत्र

गाउँपालिका भित्र सुविधा सम्पन्न निर्माणाधिन स्व मदन भण्डारी स्मृति रङ्गशाला निर्माणकोे सुरु भई सकेकोले यसलाई पुरा थत्लुङकोे योजना रहेकोे छ । यस्तै ब्याडमिटन, भलिबल खेल सञ्चान गर्न प्रत्येक वडामा एक खेलमैदान निर्माण कवर्ड हलकोे व्यवस्था तथा खेल क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्ने र उदयमान खेलाडीलाई प्रोत्साहनका लागि भिन्न प्रकारका खेलकुदको आयोजना गर्ने योेजना रहेको छ ।

यातायात क्षेत्र

स्थानीय क्षेत्रकोे ग्रामिण भेगमा सबैभन्दा ठूलोे आवश्यकता भनेको नै यातायात हो । विशेष गरी ताप्लेजुङको सदरमुकाम देखि गाउँपालिका जाने सडक कच्चि रहेको छ । यो बाटोमा हिउदोकोे समयमा धुलो र वर्षा सिजनमा त गाडी नै चल्दैन यसलाई मध्यनजर गर्दै पालिकाकोे केन्द्रबाट सदरमुकाम जोड्ने बाटो ग्राबेल गर्न पहिलो प्राथमिकतामा रहेको र मैवाखोला गाउपालिकाको रिङ रोडको अवधारण ल्याउने उहाँ बताउनुहुन्छ ।

स्वास्थ्य क्षेत्र

अध्यक्ष स्वास्थ्य कोषको स्थापना र यसको कायान्वयन गर्ने र सबै वडाका स्वास्थ्य संस्थाहरुबाट आधारभुत स्वस्थ्य सेवा उपलब्ध गराइने तथा वडाहरुमा विभिन्न समयमा निशुुल्क स्वस्थ्य शिविर सञ्चालन गरिने उहाँ सुनाउनुभयो । विपन्न वर्गका नागरिकहरुका लागि आपतकालिन स्वस्थ्य समस्या परेका बेला स्वास्थ्य शिविर सञ्चालन तथा आधारभुत औषधी वितरण गर्नुका साथै एमविविएस पढन चाहनेका लागि छात्रवृद्धि पालिकाबाट उपलब्ध गर्ने रहेको छ ।

२०७४ सालको निर्वाचानलाई फर्केर हेर्दा नेकपा एमालेले सबै वडा तथा पालिका मा जित हासिल गरि मैवाखोला गाउपालिका एकलौटी सरकार बनाएको पालिका हो । यो पटक एक कार्यकाल पालिका अध्यक्षको अनुभब लिएका थत्लुङलाई नेकपा एमालेले पालिका अध्यक्षको उम्मेद्धार बनाएको छ । आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क हुनुहुन्छ ।
 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : १२ बजे