मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयाेगकाे आग्रह

काठमाडाैं – निर्वाचन आयाेगले ३० वैशाख अर्थात् स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेकाे छ ।

सरकारले भने सार्वजनिक बिदाकाे निर्णय गरिसकेकाे ५ ।

स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयाेगले उक्त दिन  निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको हाे ।

२५ वैशाखकाे मन्त्रिपरिषद् बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ४३ बजे