साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

म मेरा लागि होइन मध्यपुर थिमिका जनताका लागि काम गर्नेछु: उत्तरा नेपाल

 मध्यपुर ठिमी नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरको पदमा उम्मेदवारी दिनुभएकी उत्तरा नेपाल मध्यपुर थिमि वडा नं. १ की स्थानीय बासिन्दा हुनुहुन्छ । अर्थशास्त्रमा मीन भवन क्याम्पसबाट स्नातक गर्नुभएकी उहाँले बि.सं २०६४ सालमा भक्तपुरबाट नेकपा एमालेको सदस्यता लिनुभएको थियो । सामाजिक क्षेत्रमा निरन्तर रूपमा खट्दै, सहकारी क्षेत्रमा लामो समयको अनुभव बटुल्नुका साथै मानव अधिकार अलायन्सको निवर्तमान अध्यक्ष, मानवीय आस्था नेपालको महासचिव, अखिल नेपाल महिला सङ्घको अध्यक्षको जिम्मेवारीमा उहाँले काम गरिसक्नुभएको छ । एकातिर सत्तारुढ गठबन्धन र अर्को तिर नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिरहेको सन्दर्भमा एमालेको चुनावी तयारी र जितका आधारबारे आशिष पौडेलले गरेको कुराकानी :

चुनावी अभियान कसरी संचालन हुँदै छ ?

हाम्रो चुनावी अभियान एकदमै सोह्रार्दपूर्ण ढङ्गबाट जनताका माझमा एकदमै असल छवि बोकेर कानुनतः  महिला पुरुष मिलाएर गएका छौँ । हामी प्रत्येक वडाका नागरिकलाई एकदमै नजिकबाट नियालेका छौ । उहाँहरूले पनि हामीहरूलाई एकदमै नजिकबाट नियाल्नुभएको छ । हाम्रो पार्टी नेकपा एमाले विकास र  भिजन बोकेको पार्टी हो । विकासका थुप्रै कामहरू अगाडी बढिरहेको छ र ती अधुरा कामहरूलाई पुरा गर्नका लागि एमालेकै सरकार चाहिन्छ त्यस कारण हामीलाई मतदान दिनुस् भनेर भनेका छौँ किन भने मध्यपुर थिमि नगरपालिका तेस्रो नम्बरमा पर्न सफल भएको छ र आगामी पाँच वर्षमा हामी यसलाई पहिलो नम्बरमा पुर्‍याउने छौँ । ऐतिहासिक बहुभाषिक नगरपालिका बनाउँछौ भनेर हामी जनतासँग एकदमै सौह्रार्दपूर्ण ढङ्गले मत मागिरहेका छौ र उहाँहरूले समर्थन गर्ने बताउनुभएको छ ।

तपाई उपप्रमुख भएपछि के के के काम गर्नु हुन्छ ?

संविधानमा लेखेका कुरालाई कार्यान्वयन गर्ने त छदै छ भने मध्यपुर ठिमीलाई महिलामैत्री नगरपालिका बनाउने, महिलाका समस्याहरूलाई समाधान गर्दै ज्येष्ठ नागरिकहरूका बिचमा घुलमिल भएर काम गर्ने, बालबालिकाहरूका निम्ति काम गर्ने, स्वास्थ्यका क्षेत्रमा काम गर्ने, रोजगारी सिर्जना गर्ने र विशेषगरि महिला दिदी बहिनीहरूलाई सक्षम बनाउने काम गर्ने छु । मेरो लक्ष्य मध्यपुर ठिमी नगरपालिकालाई महिला उपमेयर मैत्री बनाउने चाहना छ । म सहकारी कर्मी भएकाले सङ्घ संस्थाबाट आवाज विहीन महिलाहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू ल्याएर उहाँहरूको जीवनस्तर उकास्ने प्रयत्न गर्ने छु ।

म मेरा लागि होइन मध्यपुर थिमिका जनताका लागि काम गर्नेछु । म ज्येष्ठ नागरिक, आमाबुवा, दिदीबहिनीहरूसँग मिलेर समाजको आवश्यकता अनुसारको काम गर्नेछु ।

तपाइहरू विरुद्ध गठबन्धन बनेको छ यस्तो अवस्थामा जित कत्तिको सहज देख्नु हुन्छ ?

 गठबन्धनमा पाँच दलहरू मिसिएर आएका छन् । यिनीहरू जितेर फेरी झगडा नै गर्ने हो भन्ने कुरा यहाँका मतदाताहरूले बुझेका छन् । अर्को कुरा गठबन्धनका दलहरू मिलेर भागबन्डा गर्ने र खाने प्रवृत्तिका कारणले पनि मतदाताहरूले उहाँहरूलाई विश्वास गर्नुभएको छैन । यो भन्दा अघिल्लो निर्वाचनमा एमालेको  एउटा मेयरले जित्दा पनि यहाँ धेरै राम्रा कामहरू भएका छन् । धेरै सम्पदाका कामहरू, पार्क, हस्पिटल, पोखरी, शिक्षा क्षेत्र लगायत थुप्रै काम र परिवर्तनहरू भएका छन् । हामीले गरेका विकास योजनाका कामहरू राम्रा भएकाले पनि मतदाताहरूले सूर्यमा भोट दिन खोजी रहनुभएको छ । काम गर्ने पार्टी भनेको एमाले मात्र हो भन्ने उहाँहरूले बुझ्नु भएको छ । गठबन्धन भनेको मागेर बाँडेर खाने हो । गठबन्धन बाहिर एउटा फर्सी जस्तो देखिए पनि यो भित्रभित्रै कुइसकेको छ । यो गठबन्धनसँग हामी सहज जित निकाल्न सक्छौ ।

तपाइको आफ्नै पार्टी नेकपा एमाले चाहिँ कत्तिको एकतावद्घ छ, टिकट नपाएर भित्रभित्र विभाजित त छैन ? 

मध्यपुर थिमिमा नेकपा एमाले एकताबद्ध ढङ्गले लागेको छ । हाम्रो पार्टी सङ्गठनमा विश्वास राखने पार्टी हो । मजबुत सङ्गठन भएकै कारण हामी जनता समक्ष आएका छौँ । हाम्रो पार्टी जित्नु पर्छ भनेर १ देखि ९ नम्बरका सबै वडा अध्यक्ष्हरु पार्टी जिताउन लाग्नु भएको छ । हिजो एमालेबाट चोइटिएर गएका साथीहरू पनि दिनानुदिन हाम्रो पार्टीमा आउने क्रम जारी छ भने उहाँहरूको पूर्ण समर्थन हामीले प्राप्त गरेका छौँ । मध्यपुर थिमिमा नेकपा एमाले एक ढिक्का भएर बसेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : २१ बजे